हेटौडा– गाँजा तस्करलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले मकवानपुरको मनहरीमा गोली चलाएको छ । मनहरी गाउँपालिका–९ रजैया राप्ती बगरमा गएराति गोली चलेको हो । यद्यपि गोली कसैलाई लागेको छैन ।


ADVERTISEMENT


तस्करीमा संलग्न एक जनालाई हतियारसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका–१ का कुमार स्याङतान रहेको प्रहरीले जनाएको छ।


ADVERTISEMENT

# # #


अरु तस्करले भाग्न सफल भएको बताइएको छ ।