एजेन्सी –  भारतीय पूर्व कप्तान तथा विकेटकिपर महेन्द्र सिंह धोनीले सन्यास र वेष्टइण्डिज भ्रमणका बारेमा उब्जिएका तमाम कौतुहलतालाई पूर्णबिराम लगाएका छन् । ३८ वर्षीय धोनीले भारतीय क्रिकेट बोर्ड बीसीसीआईलाई जानकारी गराए अनुसार उनी न त सन्यास लिनेछन् न त वेष्ट इण्डिज भ्रमणमा जानेछन् ।


ADVERTISEMENT


विश्वकपमा खराब प्रदर्शन संगै धेरैले धोनीले सन्यास लिने अनुमान गरेका थिए । तर धोनीले सबैको अनुमानलाई गलत साबित गर्दै सन्यास नलिने संकेत गरेका हुन् । यद्दपी उनी दुई महिना भारतीय क्रिकेट टिमका लागि भने उपलब्ध हुनेछैनन् । धोनीले भारतीय टिमबाट आफ्नो नाम फिर्ता लिएका छन् । उनी अब दुई महिनासम्म भारतीय सेनाको तालिम लिनेछन् ।


ADVERTISEMENT

# # #


सम्बन्धित समाचार
धोनीको जीवनकथा : रेलको ‘टिकट चेकर’देखि विश्वकपको ट्रफीसम्म

भारतले वेष्टइण्डिज भ्रमणमा घरेलू टिमसंग समान ३ वटा एक दिवसीय र दुई वटा टेष्ट खेल खेल्दैछ । वेष्ट इण्डिज भ्रमणका लागि भारतीय टिमको घोषणा आइतबार नै हुँदैछ ।