काठमाडौँ – नेपाल बौद्ध महासंघले रूपन्देहीको तिलोत्तमामा सडकको बुद्धका मूर्ति तोडफोड गर्नेलाई तत्काल कारबाही गर्न माग गरेको छ ।


ADVERTISEMENT


बिहीबार एक विज्ञप्ती मार्फत उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै बुद्धको मूर्ति तोडफोड गरी मूलकमा अशान्ति निम्त्याउने धार्मिक सद्भाव खल्बलाउन खोज्नेलाई तत्का पक्राउ परी कारबाही गर्न माग गरेको हो ।


ADVERTISEMENT

# # #


महासंघका अध्यक्ष आचार्य कर्मा रिन्छेन शेर्पाद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘विश्व शान्तिको प्रतीक कुकार्यले कसैको हित नहुने भएको हँदा यस प्रकारको निन्दनीय कार्य गर्ने, गराउनेहरूलाई अविलम्ब पक्राउ गरी कडा भन्दा कडा कारवाही गर्न नेपाल सरकार समक्ष जोरदार माग गर्दछु ।’

यस्तै महासंघले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव खलबलाउने कार्यमा नलाग्न तथा यस्ता कार्यलाई निरुत्साहित गर्न अपिवल गरेको छ ।

बुधबार राती अज्ञात समूहले बुटवल बेलहिया सडक खण्डको ६ लेन सडकको डिभाइडरमा राखिएका बुद्धका मूर्ति तोडफोड गरेको थियो ।