विराटनगर – पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मोरङको पथरीमा बिहीबार यात्रुबस र मिनी ट्रक जुध्दा एक जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


दुर्घटनामा २१ यात्रु घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार मृतकको नामथर वतन खुलेको छैन । घाइतेमध्ये सात जनाको विराटनगरस्थित नोबेल अस्पताल, ५ जनाको न्यूरो अस्पताल विराटनगर र थप ९ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।


ADVERTISEMENT

# # #


मे १ च ९३९१ नम्बरको मिनी ट्रक र मोरङको रमाइलोबाट झापातर्फ जाँदै गरेको को १ ख ८४४८ नम्बरको यात्रु बस विहीबार बिहान पथरीमा ठोक्किएका हुन् । घटनामा परेका कानेपोखरीका टिकाराम थापा र उर्लाबारीकी इन्द्रमाया गुरुङको अवस्था गम्भीर रहेको मोरङ प्रहरीले जनाएको छ ।