काठमाडौँ – नेपाल टेलिकमले स्थानीय टेलिकम र पोष्पेड मोबाइल पहिलेको भन्दा सस्तो मूल्यमा उपलब्ध गराउने भएको छ ।


ADVERTISEMENT


आर्थिक विधेयक, २०७६ को दफा १४(१) मा व्यवस्था भए बमोजिम टेलिफोन जडान गर्ने ग्राहकबाट स्वामित्व शुल्क वापत रु. ५ सय मात्र लिने व्यवस्था भएपछि नेपाल टेलिकमले टेलिफोन र मोबाइल सस्तो मूल्यमा दिने भएको हो ।


ADVERTISEMENT

# # #


टेलिकमका अनुसार अब १ हजार ६ सय ३५ रुपैयाँमा स्थानीय टेलिफोन (पीएसटीएन) र ९ सय ४५ रुपैयाँमा पोष्टपेड मोबाइल लिन सकिनेछ । यसअघि स्थानीय टेलिफोनका लागि २ हजार २ सय र पोष्टपेड मोबाइलका लागि १ हजार ५ सय १० रुपैयाँ बुझाउनु पर्दथ्यो ।

साथै उक्त विधेयकको कार्यान्वयन सँगै स्थानीय टेलिफोनको नामसारी गर्दा लाग्ने शुल्कमा समेत ५ सय ६५ रुपैयाँ कम भएको छ । यसअघि टेलिफोन नामसारी गर्दा १२ सय ४३ रुपैयाँ शुल्क बुझाउनु पर्दथ्यो भने आजैदेखि जम्मा ६ सय ७८ रुपैयाँ मात्र भुक्तानी गर्नु पर्दछ ।

यो परिमार्जित शुल्क बुधबार (१ श्रावण)देखि नै लागू भएको छ ।