काठमाडौँ – आइएसएस केयरले न्यूरोड पाकोस्थित ताम्राकार कम्प्लेक्समा आफनो सेवा केन्द्र पुनःसुचारु गरेको छ । आधुनिक पूर्वाधारले सम्पन्न उक्त सेवा केन्द्रले विश्व स्तरिय सेवा आफ्ना ग्राहकहरुलाई प्रदान गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ ।


ADVERTISEMENT


बुधबारदेखि सञ्चालनमा आएको उक्त सर्भिस सेन्टरको सामसुङ इलेक्ट्रोनिक्स्का प्रबन्ध निर्देशक तथा उप–सभापति युविओम वोन, आइएसएस ग्रुपका अध्यक्ष दिपक मलहोत्रा, सामसुङ इलेक्ट्रोनिक्स्का नेपालका प्रबन्धक प्रणय रत्न स्थापित र आइएमएस ग्रुपका सिइओ र प्रेसिडेण्ट दिकेश मलहोत्रा संयुक्त रुपमा गरेका छन् ।


ADVERTISEMENT

# # #


ग्राहकहरुलाई सधै उत्कृष्ट सेवा तथा सुविधा दिने र आवश्यकता अनुसार अन्य स्थानहरुमा पनि ग्राहकहरुका लागि १८ सेवा केन्द्रलाई पनि अझै बडाउदै जाने आइएमएस ग्रुपका अध्यक्ष दिपक मलहोत्राले बताए ।