काठमाडौँ – सिंगापुरमा हुने टी-२० विश्वकप छनोटको एशिया फाइनलका लागि नेपालले मलेसियामा अन्तिम तयारी गरेको छ ।


ADVERTISEMENT


एशिया फाइनलको तयारीका लागि पारस खड्काको कप्तानीमा १४ सदस्यीय नेपाली टोली गत असार २३ गते मलेसिया प्रस्थान गरेको थियो । त्यहाँ रहँदा नेपालले मलेसियाको राष्ट्रिय टिमसंग दुई खेलको टी-२० श्रंखला खेलेको थियो । दुबै खेलमा नेपालले मलेसियालाई पराजित गरेको थियो ।


ADVERTISEMENT

# # #


एशिया क्षेत्र फाइनल आगामी साउन ६ देखि सुरु हुँदैछ । जहाँ एशिया पूर्वी क्षेत्रबाट आएका नेपालसहित आयोजक सिंगापुर, मलेसिया हुनेछन् भने एशिया पश्चिमबाट कतार र कुवेत रहेका छन् । नेपपालले आफ्नो पहिलो खेल २३ जुलाई अथार्त साउन ७ गते कतारविरुद्ध खेल्दैछ ।

नेपालगत अक्टोबरमा भएको एशिया क्षेत्रको पूर्वी क्षेत्रमा नेपाल विजेता बनेको थियो । पश्चिम क्षेत्रको विजेता युएई बनेपनि टी–२० विश्वप छनोट युएईमा आयोजना हुने भएकाले आयोजकका नाताले ऊ सिधै छनोट भएको छ । एशिया क्षेत्रबो विजेता टोली युएईमा हुने विश्वकप छनोटमा भाग लिन पाउने छ । जुन यही वर्षको अक्टोबर ११ देखि युएईमा सुरु हुँदैछ ।

१४ टोलीले सहभागिता जनाउने प्रतियोगितामा उत्कृष्ट ६ टिमले सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकपका लागि छनोट हुनेछन् ।

सबै तस्बिर : रमन शिवाकोटी