काठमाडौँ – पछिल्लो समय नायिका शिल्पा पोखरेल र निर्माता तथा निर्देशक छविराज ओझाको सम्बन्धले नेपाली सिने क्षेत्र तातेको छ । करिब ३ वर्षअघि गुपचुप विवाह गरेका उनीहरुको पारिवारिक सम्बन्धमा आएको खटपट अहिले सर्वाधिक चर्चाको विषय बनेको छ ।


ADVERTISEMENT


गुपचुप रुपमै श्रीमान् श्रीमती भएका उनीहरुको सम्बन्ध अहिले ‘डिभोर्स’ अवस्थासम्म आइपुगेको छ । केही दिन पहिले शिल्पाले छविविरुद्ध पुलिस केस गरेकी थिइन् । जसमा उनले आफूलाई छवि ओझाले कुटपिट गरेको आरोप लगाएकी थिइन् । यहाँसम्मकी उनले छवि ओझाले कुट्दा आफ्नो कानको जाली फुटेका बताइरहेकी छन् ।


ADVERTISEMENT

# # #


यही विषयलाई लिएर उनीहरु अहिले मिडियामा एक अर्कालाई आरोप लगाइरहेका छन् । शिल्पाले अदालत जाने कुरा गरिरहँदा छविले भने त्यसो नगर्न आग्रह गरेका छन् । सोमबार सामाजिक सञ्जालमार्फत उनले शिल्पालाई यदि अलग हुन चाहेको भएपनि आफूसंग आएर टेबलमा बसेर कुरा गर्न आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘शिल्पा जि, मैले ५२ बर्षको उमेरमा ३ जना श्रीमती सङ सम्बन्ध बिच्छेद भईसकेपछि तपाईंसंग चाहिँ जिन्दगी बिताउन सक्छु होला भनेर जिन्दगीका सब थोक कम्प्रमाइज गरेर माया गरेर बिहे गरेको श्रीमती हो तपाईं । छातिमा हात राखेर आज एकछिनलाई आफैलाई नढाटी सम्झनुस, तपाइले लगाएका कति आरोपहरु सत्य छन ? यदि तपाईं पनि आफुलाइ सच्याएर अझै मेरो श्रीमती, तपाइले बिहे गर्ने बेलामा आस्वासन दिलाए जस्तै मेरो बुढेसकालको सहारा बनेर बस्न सक्नुहुन्छ भने, म पनि मेरा कमी कमजोरीहरु सच्याएर गान्धीबादी भएर बस्न सक्छु । अरुको कुरा नसुन्नुस, आउनुस हाम्रो घरको ढोका सधै तपाईंको लागि खुल्ला छ । हैन र यदि तपाइ साच्चै म सङ बस्न सक्नु हुन्न भने पनि एक पटक म सङै आएर टेबलमा कुरा गर्नुस । मेरो ईतिहास पल्टाएर हेर्नुस आजसम्म मैले कुनै पनि श्रीमतिलाई अन्यायमा पारेको छैन । तपाईंलाइ पनि पार्दिन । मैले विगत ३ दिनदेखि तपाईंलाइ सम्पर्क गरेर भेट्न खोज्दा पनि तपाइलाई अब मेरो वकिलले भेट्छ भन्नू भयो । म फेरि पनि भन्दैछु, संसारको कुनै पनि अदालतमा जानू पर्दैन । छबी ओझाको अदालतमा सिधै आउनुस । तपाइले न्याय पाउनु हुन्छ । शुभरात्री ।’