– डा. के.के. राई, केन्द्रीय सदस्य, समाजबादी पार्टी नेपाल


ADVERTISEMENT


तपाईहरुले बाबुराम भट्टराईको नयाँ शक्तिसंग एकता गरेर समाजवादी पार्टी नेपाल गठन गर्नुभएको छ । पार्टी एकतापछिको गति कसरी अगाडि बढिरहेको छ ?


ADVERTISEMENT

# # #


मुद्दाको कारणले पनि सबै मान्छे आकर्षित भएका छन् । हामीले समानता, समावेशिता, धर्मनिरपेक्षताका कुराहरु गरेका छौँ । पिछडिएका, राज्यबाट सँधै उपेक्षित हुँदै आएका समूदाय जो राज्यमा परिवर्तन हुँदा पनि उनीहरुमा परिवर्तन आएन । राज्यको विकासका लागि जनतामा एकता र समानता हुनुपर्छ । यदि तपाईले विजुली र यातायात पुर्याइ दिनुभयो भने विकास गर्ने जनताले हो । देशको अबको आवश्यकता भनेकै विकास हो भन्ने मुद्दा मिलेर नै हामीले नयाँ शक्तिसंग एकता गरेका हौँ । विस्तारै पार्टीले गति लिँदैछ ।

राजनीतिक पार्टीहरुले जनताको अपेक्षा पूरा गर्न सकिरहेका छैनन् भन्ने आरोप छ । एउटा वैकल्पिक शक्ति भनेर तपाईहरु आउनु भएको छ । समाजवादी पार्टीले त्यो पूरा गर्न सक्ला ?

बिल्कुल सक्छ । अहिले नेपालमा दुई किसिमका शक्तिहरु छन् । एउटा भनेको तिनीहरु जो, प्रतिगमन शक्तिसंग आशक्त छन् । राजा ठीक थियो कि वा गणतन्त्र राम्रो होइन कि भनेर भित्रभित्रै भन्ने तर, बाहिर प्रस्फुट गरिनहाल्ने । जुन नेपाली कांग्रेस र नेकपामा देखिन्छ । अर्को भनेको अग्रगामी शक्ति हो । त्यसले ९० प्रतिशत जनता उपेक्षित छन्, गाउँ र सहरमा ठूलो खाडल छ भन्ने सोच्छन् । उनीहरु जात, धर्म, लिङ्गमा भेदभाव नगरेर समानता खोज्छन् । जनताको समृद्धि, समावेशिताका लागि, धर्मनिरपेक्षता र गणतन्त्रकालागि लागि पर्छन् । यो लाइनमा लाग्ने मान्छेहरुको प्रमुख उद्देश्य के हो भने उपेक्षामा रहेका ९० प्रतिशत जनतालाई पनि समृद्धिको दिशातिर लैजाने हो । जुन दिशामा हामी लागेका छौँ । जनताले नै राजनीतिक युद्ध जिताउने हो । जनताको समृद्धिमा नै हामीले आफ्नो समृद्धि खोज्ने हो । जनतासंग साइकल छैन, आफू  गाडी किन्छन् । यस्ताले सामन्ती सोच भएका शक्तिहरुले जनताको समृद्धिबारे सोच्न सक्दैनन् । तर, हामी जनताको आवाज र मागलाई ध्यानमा राखेर काम गर्ने गरी अगाडी बढेका छौं ।

राजपासंग पनि एकता गर्ने कुरा गर्नु भएको थियो । अहिले कहाँ पुग्यो एकताको कुरा ?

राजपासंग एकताको कुरा भइरहेको हो । तर, एउटा कुरा के भने उहाँहरुले एकले अर्कालाई नमान्ने, १५० जना पदाधिकारी, हजार जनाभन्दा बढी केन्द्रीय सदस्यहरु । त्यो भद्रगोल भएको हुनाले मिल्ने, नमिल्ने अवस्था आइरहेकोले पार्टी नभई एउटा भेलाजस्तो भएको छ । तर धेरै साथीहरु मुद्दा, विचार मिल्नेसंग एकता गर्नुपर्छ भन्ने पनि छन् । त्यसकारण एउटा कुरा के हो भने उहाँहरु बाध्य भएर आउनुहुन्छ । सबै आउनु भएन भने केही मत मिल्ने मान्छेहरु आउँछन् ।

नयाँ शक्ति र समाजवादी फोरमबीच एकता भयो । दुई पार्टी एक भइसकेपछि त्यसको तल्लो तहसम्मका संगठनहरुमा पनि एकता चाहिन्छ । के छ त्यतातिरको अवस्था ?

तल्लो तहमा पनि लगभग एकता भइसकेको छ । प्रदेशमा हुने क्रममा छ र जिल्लामा भइसकेको छ । प्रदेशले जिल्लामा र जिल्लाले स्थानीय तहमा समायोजन गर्ने भन्ने थियो । तर, एउटा बुँदाले के पनि भन्छ भने आपसी समझदारीमा मिल्दै जाने भन्नेछ । जस्तो खोटाङको कुरा गर्नुहुन्छ भने १० मध्ये ३ वटा पालिकामा मात्रै बाँकी छ । महाधिवेशन नहुञ्जेलसम्मका लागि मात्रै भएकाले मिलेरै जाउँ भन्ने छ । वर्गीय संगठनमा पनि कामहरु भइरहेका छन् । लगभग हामी एक महिनामा सकाउँछौँ ।

पहिलेको समाजवादी फोरम सरकारमा समावेश भएको छ । तर, नयाँ शक्ति बाहिर नै छ । आगामी दिनमा कसरी जानुहुन्छ ?

नयाँ शक्तिले एकताका बेला सरकार बाहिर नै हुनुपर्छ कि भनेर प्रस्ताव राखेको हो । अहिले राजपाले पनि यस्तै कुरा गरिरहेको छ । तर, हाम्रो भनाई के हो भने हामीसंग दुई बुँदे सम्झौता छ । हामीले चाहेको पहिचानसहितको संघियताको कुरा हामीले नै गरेका थियौँ । देशलाई काँक्रो चिरेजस्तो सात चिरामा नपारेर एउटा पहिचान भएको क्षेत्रलाई एउटा प्रदेश बनाउने कुरा थियो । त्यसका लागि संविधान संशोधन गर्नुपर्छ । त्यसका लागि दुई तिहाईको मत आवश्यक हुन्छ । हामी सरकारमा गयौँ भने दुई तिहाई पुग्ने भएकाले सहमति अनुसार नै हामी सरकारमा गएका हौँ । त्यसका लागि हामीले भित्र संघर्ष त गरिरहेकै छौँ । सदनमा पनि हामी संघर्ष गरिरहेका छौँ । सरकार र सडकमा त्यो संघर्ष काम लागेन भने हामी सडकमा पनि जानसक्छौँ । यसलाई पूर्वनयाँ शक्तिले पनि मनन गरेको छ । अर्को हाम्रो मुद्दा भनेको कार्यकारी राष्ट्रपति हो । जसलाई पूर्वनयाँ शक्तिले पनि समर्थन गरिसकेको छ ।

पार्टीलाई जनतामाझ पुर्याउन अब कसरी जानुहुन्छ ?

सबैभन्दा पहिले त हाम्रो समायोजन सकिन्छ । त्यसपछि देशव्यापी रुपमा प्रशिक्षण कार्यक्रम हुन्छ । त्यसपछि तुरुन्तै हामी महाधिवेशमा जान्छौँ । महाधिवेशन अगाडि प्रदेश र जिल्लाहरुको अधिवेशन हुन्छ । अधिवेशन र महाधिवेशन आफैमा संगठन विस्तारको काम हो ।

अन्त्यमा, नयाँ बनेको पार्टीमा तपाईको भूमिका के हुन्छ ?

काम गर्दै जाँदा जिम्मेवारी पनि बढ्दै जाने हो । अहिले म केन्द्रीय सदस्य छु । भोलि पदाधिकारी हौँला वा नेतृत्वमा जाऔँला भन्ने आशा त रहन्छ नै । तर, को कति सक्रिय हुन्छ, त्यही अनुसार ऊ अगाडी बढ्दै जाने हो । उपयुक्त मान्छेलाई उपयुक्त जिम्मेवारी दिने भन्ने त हाम्रो पार्टीको सिद्धान्त नै हो । त्यही अनुसार जिम्मेवारी पनि आउला भन्नेमा म ढुक्क छु ।