काठमाडौं – विरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानबाट ४८ जनाले ज्यान गुमाएका छन् । मृतकमा २१ महिला र २७ पुरुष छन् ।


ADVERTISEMENT


यस्तै ३५ जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार सबैभन्दा धेरै प्रदेश १ मा १७ जनाको मृत्यु भएको छ । प्रदेश ३ मा १२ जनाको मृत्यु भएको प्रहरीको तथ्यांक छ ।


ADVERTISEMENT

# # #


काठमाडौं उपत्यकामा ८ जनाको मृत्यु भएको छ ।

प्रदेश ५ अन्तर्गत पाल्पा र दाङमा एक–एक गरी जम्मा दुई जनाको मृत्यु भएको छ । कर्णाली प्रदेशको डोल्पामा पनि २ जनाको मृत्यु भएको तथ्यांक छ ।

जिल्लागत विवरणलाई हेर्दा ललितपुर र भोजपुरमा पाँच–पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।