काठमाडौं – अर्जेन्टिना फुटबलका कप्तान लियोनल मेस्सीले कोपा अमेरिकालाई भ्रष्टाचारको संज्ञा दिँदै ब्राजिललाई जिताउने पूर्व योजना अनुसार गतिविधि भइरहेको सांकेतिक आरोप लगाएका छन् । चिलीसँगको खेलमा रातो कार्ड पाएर मैदान बाहिर पुगेका मेस्सीले तेस्रो स्थानको मेडल लिन समेत अस्वीकार गरेका छन् ।


ADVERTISEMENT


संवाददाताहरुसँग कुरा गर्दै विश्वविख्यात फुटबलर मेस्सीले कोपा अमेरिकाको फाइनलमा रेफ्री र भिएआरले पेरुलाई स्वच्छ प्रतिस्पर्धा गर्न दिनेमा समेत आशंका जनाए । उनले ब्राजिललाई जिताउन रेफ्री र भिआएर नै लागेको सांकेतिक आरोप लगाए ।


ADVERTISEMENT

# # #


मेस्सीले भने, ‘आशा गरौं रेफ्रीहरु र भिआएरले प्रभावित पार्ने छैनन् र पेरुलाई प्रतिस्पर्धा गर्न दिनेछन् । तर मलाई लाग्छ त्यो नहुन सक्छ ।’ कोपा अमेरिकाको फाइनलमा आइतबार ब्राजिल र पेरु भिड्दैछन् ।

मेस्सीले अ‍ेर्जेन्टिनाले यो प्रतियोगितामा धेरै कष्ट भोग्नुपरेको भन्दै यस्तो भ्रष्टाचारमा भाग लिन आवश्यक नरहेको समेत बताए । ‘हामीले यस्तो भ्रष्टाचारमा सहभागी हुन आवश्यक छैन, हामीले यो प्रतियोगितामा धेरै दुःख पायौं,’ उनले भनेका छन् ।

अर्जेन्टिनाको जर्सीमा सधैं अभागी रहँदै आएका मेस्सीले कोपा अमेरिकाको यो संस्करणमा अर्जेन्टिनामाथि भेदभावपूर्ण व्यवहार भएको बताए । त्यसैले यो प्रतियोगिताको काश्य पदक समेत लिन अस्वीकार गरेका छन् ।

अर्जेन्टिनी कप्तान मेस्सी शनिबारको रातो कार्डपछि निकै आक्रोशित र निराश देखिन्थे । उनले आफूहरुमाथि भेदभाव भएको र त्यसमा रेफ्री तथा भिएआर प्रयोग भएको आरोप पटक पटक लगाए ।