काठमाडौं – अर्घाखाँचीको सन्धीखर्क–७, टुपा देउराली मन्दिर छेऊ जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीका अनुसार रुपन्देहीको कृष्णनगरबाट आएको लु १ ज १३२९ नम्बरको जीप सडकबाट करिब साढे ३ सय मिटर तल खोलामा खस्दा दुर्घटना भएको हो ।


ADVERTISEMENT

# # #


घटनामा घाइते भएकाको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

हालसम्म दुर्घटनाको कारण खुलिसकेको छैन ।