काठमाडौँ – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (बिहिबार) अफगानिस्तान र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा हुँदैछ । हेडिङ्लीमा मैदानमा ३ः१५ बजे सुरु हुने खेलमा दुवै टोली जित हात पार्दै विश्वकपको सुखद अन्त्य गर्ने दाउमा छन् ।


ADVERTISEMENT


यसअघिनै बाहिरि सकेका यी दुई टोलीका लागि आजको खेल प्रतिष्ठाको लडाई हुनेछ । जारी विश्वकपमा अफगानिस्तान सबैभन्दा कमजोर सावित भयो । उसले यसअघि खेलेका सबै खेलमा हार खेप्यो ।


ADVERTISEMENT

# # #


क्यारेबियन टोली इन्डीजले भने यसअघिका आठमध्ये एक खेलमा जित हात निकालेको छ । अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव र विश्वकप सहभागिताका आधारमा अफगानिस्तान भन्दा वेस्ट इन्डिज बलियो छ ।

पहिलो र दोस्रो संस्करणको विश्वकप विजेता अनुभवी वेस्ट इन्डिजलाई हराउन सक्नु अफगानिस्तानका लागि ठूलो चुनौती हुनेछ । अफगाािस्तानले विश्वकपका भाग लिएको यो दोस्रो पटक हे । सन् २०१५ को विश्वकपमा अफगानिस्तानले एक खेल जितेको थियो ।

त्यसबेला अफगानिस्तानले स्कटल्यान्डलाई मात्र हराउन सकेको थियो । विश्वकपमा यी दुई टोली पहिलो पटक एक आपसमा भिड्दैछन् । त्यसैले आजको खेल र नतिजाले दुई टोलीको विश्वकप यात्रालाई थप यादगर बनाउनेछ ।