पोखरा – दीपक मनाङेका नामबाट चर्चित गण्डकी प्रदेश सभाका स्वतन्त्र सांसद राजीव गुरुङ बिहीबार नेपाल कम्युनिस्ट पार्टी प्रवेश गरेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री तथा प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले राजीवलाई स्वागत गरेका हुन्।


ADVERTISEMENT


गण्डकी प्रदेशसभाका सदस्य रहेका मनाङ्गेले केही समयअघि अदालतबाट सफाइ पाएका थिए । मनाङ्गे मनाङबाट स्वतन्त्र सांसदका रूपमा प्रदेशसभाका निर्वाचित भएका थिए । उनलाई तत्कालीन एमाले–माओवादी गठबन्धनको सहयोग थियो ।


ADVERTISEMENT

# # #


स्वतन्त्र सांसद राजीवको प्रवेशसँगै गण्डकी प्रदेश सभामा नेकपाको दुईतिहाई बहुमत पुगेको छ । ६० सदस्यीय प्रदेशसभामा अब नेकपाको संख्या ४० पुगेको छ ।

मनाङे नेकपामा प्रवेश गरेपछि नेकपाका नेता योगेश भट्टराईले असन्तुष्टि जनाएका छन् । “राजनीतिक पार्टीलाई मान्छे त चाहिन्छ नै तर कस्ता मान्छे ल्यायौँ ? कस्ता कस्ता ल्याउँदै छौँ ? परिणाम के भैरहेको छ ? राम्ररी विचार गरौ है !” रसिया भ्रमणमा रहेका भट्टराईले ट्विटरमा लेखेका छन् ।