विराटनगर – प्रदेश नम्बर १ को संखुवासभामा प्रतिवन्धित विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच जम्काभेट हुँदा गोली हानाहान हुन पुगेको छ । यद्यपि दुबै पक्षतर्फ कुनै क्षति भएको छैन।


ADVERTISEMENT


संखुवासभाको सिलिचुङ गाउँपालिका–१ होयाङग्लामा गस्तीमा रहेको प्रहरी टोलीमाथि विप्लव समूहका कार्यकर्ताले फायरिङ गरेको प्रहरीले जनाएको छ।


ADVERTISEMENT

# # #


त्यसपनि प्रहरीको टोलीले जवाफी फायरिङ गरेपछि विप्लवका कार्यकर्ता भागेका थिए ।