सुनसरी – ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले विभिन्न हातहतियार, अवैध लागूऔषध र नगद सहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार बिहान उनीहरुकै घर तथा डेराबाट पक्राउ गरेको हो ।


ADVERTISEMENT


पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका– १५ का सरोज गुरुङ, भोजपुर हतुवागडी गाउँपालिका–२ का सुरेश राई र भोजपुर आमचोक गाउँपालिका–६ का विजय राई रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरीले जाँच गर्ने क्रममा उनीहरुको घरकोठा र कम्पाउण्डबाट २ थान पेस्तोल, १ थान त्यसको म्याग्जिन, १४ राउण्ड एसएलआरको गोली, ११ राउण्ड पेस्तोलको गोली बरामद गरेको छ ।


ADVERTISEMENT

# # #


यस्तै लागूऔषध डाईलेक्स डीसी ४ बोतल, खैरो हेरोईन २ ग्राम ७ सय ३० मिलिग्राम, २ थान खुकुरी, १ थान फलामको नक, ३ थान मुखुन्डो, ३ थान मोबाइल, को २५ प ४९८९, को ९ प ४३९८, को ५ प ३७५७ नम्बरका ३ थान मोटरसाइकल, ६ थान डाईसको गोटीसहित नगद १५ हजार १ सय ३५ रुपैयाँ समेत बरामद गरेको प्रहरीले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।