इनरुवा– सुनसरी गाउँपालिका–१ मा गएराति आगलागी हुँदा करिब रु ६ लाख मूल्य बराबरको क्षति भएको छ ।


ADVERTISEMENT


राति १ः३० बजेतिर सोही गाउँपालिका–१ का फुदीराम बंगालीको घरमा अचानक आगलागी हुँदा उक्त मूल्य बराबरको क्षति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक प्रवीण धितालले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनका अनुसार आलागीबाट दुईवटा घर र नौवटा चौपाया जलेका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगलागी पूर्णरुपमा नियन्त्रणमा लिएको जिप्रका, सुनसरीले जनाएको छ ।