काठमाडौँ — गृहमन्त्री रामबहादुर थापाले सर्लाहीमा चन्द समूहका जिल्ला इन्चार्ज कुमार पौडेल मुडभेडमै मारिएको दाबी गरेका छन् ।


ADVERTISEMENT


सोमबार बिहान संसदको राज्य व्यवस्था समिति बैठकमा सर्लाही घटना बारेको छलफलमा गृहमन्त्री थापाले उक्त घटना प्रहरी मुडभेडमै भएको दाबी गर्दै छानबिन गर्ने बताए ।


ADVERTISEMENT

# # #


जवाफ दिनेक्रममा गृहमन्त्री थापाले सरकार कसैको हत्या गरी द्वन्द्व चर्काउने पक्षमा नभएको भन्दै ‘विप्लव नेता कार्याकर्ताको हत्या गर्ने सरकारको नीति भएको भए जिल्ला नेताको नभई माथिल्लो तहकै व्यक्ति मारिन सक्थे नी ?’ भनी प्रतिप्रश्न गरे। विप्लवले नै राजनीतिकरुपमा समस्या समाधान गर्न नचाहेको गृहमन्त्रीको भनाई थियो ।

विप्लव समूहले लालबन्दी र हरिऔन इलाकाका स्थानीय जनप्रतिनिधि, व्यापारी, व्यवसायी एवम् सर्वसाधारण व्यक्तिहरुलाई धेरै समय अगाडिदेखि जबर्जस्ती चन्दा माग्ने, चन्दा नदिएमा ज्यान मार्ने लगायतका धम्कीहरु दिने र जनमानसमा आतंक सिर्जना गर्ने गरेको मन्त्री थापाले बताए ।

मन्त्री थापाका अनुसार अन्य तीन जना मुठभेडको क्रममा जंगलतर्फ भागेको र त्यसरी फायर हुनेमध्ये एक जनालाई गोली लागेको आशंका गरिएको छ । फरार व्यक्तिहरुको प्रहरीद्वारा खोजीकार्य जारी रहेको उनले जानकारी दिए ।

नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज पौडेलको लालबन्दी १ लखन्देही खोलादेखि पूर्वको जंगलमा बिहीबार दिउँसो प्रहरीको गोली लागेर मृत्यु भएको थियो।