काठमाडौं – पत्रकार दिनेश बस्नेतमाथि सांघातिक हमला भएको बताइएको छ । सल्लेरी खबरडटकमका समाचार सम्पादक दिनेश बस्नेतमाथि समाचारको क्रममा भक्तपुरको लोकन्थलीमा सांघातिक हमला भएको अनलाईनका प्रबन्धक सुदर्शन बुढाथोकीले बताएका हुन् ।


ADVERTISEMENT


बुढाथोकीले रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै घटनाबारे जानकारी गराएका हुन् । साथै उनले घटनाको छानविन गरी दोषीमाथि कारवाही हुनुपर्ने माग गरेका छन् ।


ADVERTISEMENT

# # #


असार ५ गते समाचार संकलनका क्रममा बस्नेतमाथि स्थानीय एक समूहले सांघातिक हमला गरेको बताइएको छ । आक्रमणबाट बस्नेतको टाउकोमा गम्भीर चोट लागेको छ । साथै शरीरका अन्य भागमा पनि चोट लागेको छ ।

घटनापछि काठमाडौंस्थित अन्नपुर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको छ । अनलाईन मिडियाका प्रवन्ध निर्देशक सुदर्शन बुढाथोकीका अनुसार पत्रकार बस्नेतमाथि आक्रामण गर्नेमध्ये एकजनालाई प्रहरीले पक्राउ गरेको छ । तर अन्य केही व्यक्तिलाई प्रहरीले पक्राउ नगरेको उनले बताए । बुढाथोकीका अनुसार उनीसँग सांघातिक आक्रमणको अडियो रेकर्ड समेत सुरक्षित छ ।