काठमाडौँ – गत जेठ २३ गते सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको धनगढी आसपासमा आएको भीषण हावाहुरीमा परि पिडित हुनेहरुको लागि जनता बैंकले आर्थिक सहयोग गरेको छ ।


ADVERTISEMENT


धनगढी उपमहानगरपालिकाले संचालन गरेको ‘धनगढी उपमहानगरपालिका प्रकोप ब्यबस्थापन कोष’ लाई बैंकको तर्फबाट १ लाख ५० हजार रुपैया सहयोग उपलब्ध गराएको हो ।


ADVERTISEMENT

# # #


उक्त सहयोग रकमको चेक बैंकको सुदरपश्चिम प्रदेशका प्रादेशिक प्रमुख मुकुन्दप्रसाद भट्टले धनगढी उपमहानगरपालिकाका उप–प्रमुख सुशिला मिश्र भट्टलाई हस्तान्तरण गरेका छन् ।

उक्त रकम पिडितहरुको पुनःस्थापनाको क्षेत्रममा खर्च गरिनेछ । जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्वका क्षेत्रमा वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैविप्रकोप राहत लगाएत अन्य विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।