काठमाडौं – बिहीबार नेपाली बजारमा छापावाल सुन अहिलेसम्म्कै महंगो भएको छ ।


ADVERTISEMENT


बुधबार तोलामा ६३ हजारमा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार बढेर ६४ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार प्रतितोला ६३ हजार रुपैयाँमा कारोेबार भएको छापावाल सुनको मूल्य एकै दिन एक हजार रुपैयाँले बढेको हो ।


ADVERTISEMENT

# # #


नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यका अनुसार बिहीबारको मूल्य नेपाली सुन व्यवसायको इतिहासमा सबैभन्दा उच्च हो । मूल्य आकाशिएपछि बजारमा सुन किन्ने ग्राहक अत्यन्तै न्यून संख्यामा देखिएका छन् भने सुन बेच्ने ग्राहकहरुको संख्या बढेको बज्राचार्यले बताए ।

इरान र अमेरिकाबीच बढ्दो तनाव, अमेरिका–चीन व्यापार युद्धलगायतका कारणले अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रभावित भएको उनले बताए ।

यस्तै तेजावी सुन तोलामा ६३ हजार ७०० मा कारोबार भएको छ । यस्तै चाँदी तोलामा ७३० मा कारोबार भएको छ । बुधबार चाँदी तोलामा रु ७२० मा कारोबार भएको थियो ।