काठमाडौँ – काठमाडौं स्थित भारतीय राजदूतावासले विश्वकै सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार नाम्चे बजारमा योग कार्यक्रमको आयोजना गरेको छ । समुद्री सतहदेखि १७,६०० फिट उचाइमा रहेको सगरमाथाको आधार शिविरमा पहिलो पटक योग मनाइएको हो।


ADVERTISEMENT


आइतबार गरिएको उक्त कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरी तथा राजदूतावासका पदाधिकारी लगायत सोलुखुम्बु जिल्लाका महिला तथा युवासमूहरु, सगरमाथा राष्ट्रिय निकुञ्जका पदाधिकारी, ठूलो संख्यामा स्थानीय बासिन्दाहरुको सहभागीता थियो ।


ADVERTISEMENT

# # #


योग कार्यक्रममा अनेक विदेशी पर्यटक, पर्वतारोही तथा अनुसन्धानकर्ताहरुले पनि सहभागीता जनाए । यस कार्यक्रमको मुख्य उद्देश्य दैनिक जीवनमा योगको महत्व उजागर गर्नुका साथै देश, महादेश तथा समस्त मानव जीवनमा शान्ति तथा सामञ्जस्यता स्थापना गरेको भारतीय दूतावासले जनाएको छ ।

भारत गुजरातका भरत शर्मा तथा अन्य पर्वतारोहीहरुले विश्वकै सर्वोच्च शिखरको आधार शिविरमा योग अभ्यास गरी इतिहास रचेका छन् ।

 

तस्बिरहरु : भारतीय दूतावास