– चण्डीराज ढकाल


ADVERTISEMENT


‘१४ औँ चीन-दक्षिण एशिया को-अपरेसन विजनेस फोरम’मा हामीले लामो समयदेखि कुरा गरेको इन्टरनेसनल कमर्सियल डिस्प्रिभ्यू प्रिभेन्ट एण्ड सेटल्मेन्ट अर्गनाइजेसन’ (आइसीडी-पासो) भनेर वैधानिक कमिटि गठन गर्नका लागि हामीले हस्ताक्षर गरेका छौँ । यो भनेको अन्तराष्ट्रिय गैरसरकारी र गैरनाफामुलक हो । जसले कमर्सियल संस्थाको रुपमा ट्रेड एशोसिएशन लिगल सर्भिस प्रोभाइडरको रुपमा यसले काम गर्नेछ ।


ADVERTISEMENT

# # #


यसको काम विश्वभरि अन्तर्राष्ट्रिय वाणिज्यको क्षेत्रमा एउटा स्वयंसेवकका रुपमा काम गर्नेछ । जसमा सार्कको तर्फबाट म हुँदैछु भने चीनको तर्फबाट अध्यक्षमा तथा एक सयवटा देशहरु यसका सदस्यको रुपमा रहनेछन् ।

यसले विशेष गरेर देशको नियम कानुनलाई आधार बनाएर काम गर्नेछ ।अन्तर्राष्ट्रिय व्यापारीक-आर्थिक विवादको रोकथाम गर्नु, दुबै पक्षहरुको वैधानिक अधिकारको रक्षा गर्नु, व्यापारका लागि आवश्यक वातावरण तयार गर्न सहयोग गर्नु र अन्तर्राष्ट्रिय आर्थिक व्यवस्थामा स्वच्छ र निष्पक्षतापूर्वक काम गर्नु यसको उद्देश्य रहनेछ ।

विभिन्न सम्मेलन र सेमिनारबाट यसका कार्यहरु अगाडि बढाउने र वाणिज्यका क्षेत्रमा काम गर्नेहरु हामीले यसलाई अगाडि बढाएका छौँ । विभिन्न सुझाव र सल्लाहलाई कदर गर्दै व्यापारीक–आर्थिक विवादको रोकथाम गर्नका लागि यसले आफ्ना काम अगाडि बढाउनेछ । पाँच वर्ष कार्यकालका लागि यसको एउटा ९-१० जनाको बोर्ड बन्दैछ । त्यसमा मैँले सार्कको तर्फबाट प्रतिनिधित्व गर्नेछु । पाँच वर्षपछि साधारण सभाले नयाँ बोर्ड चयन गर्नेछ । पछि हरेक सार्क देशबाट परिषद् सदस्यको रुपमा हामीले मनोनयन गर्नेछौँ । यसले एउटा सञ्चारको वातावरण बनाउनेछ ।

यसले विस्तारै ‘थिंक ट्याङ्क’को अवधारणालाई समेत अगाडि बढाउने छ । जसले गर्दा अन्तराष्ट्रिय व्यापार प्रवर्द्धनका लागि वातावरण बनाउँछ भन्ने कुराहरु हामीले अगाडि बढाएका छौँ । आइसीडी पासोका सदस्यहरुका लागि एउटा ‘मोडालिटी’ पनि बनाइएको छ । यसले विस्तारै ‘थिंक ट्याङ्क’को अवधारणालाई समेत अगाडि बढाउने छ । जसले गर्दा अन्तराष्ट्रिय व्यापार प्रवर्द्धनका लागि वातावरण बनाउँछ भन्ने कुराहरु हामीले अगाडि बढाएका छौँ । आइसीडी पासोका सदस्यहरुका लागि एउटा ‘मोडालिटी’ पनि बनाइएको छ । सार्क च्याम्बर अफ कमर्सका अध्यक्ष, सार्कका महासचिव र म लगायतले चाइना काउम्सिल फर द प्रोमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीटी)को अन्तर्राष्ट्रिय विभाग हेर्नेहरुसंग छलफल गरेका छौँ ।

यसको आगामी सम्वन्वयको जिम्मेवारी मैँले पाएको छु । १०० भन्दा बढी देश सदस्य भएको एउटा संगठनलाई सम्वन्वय गर्न पाउनु नेपालको लागि ठूलो गर्वको विषय हो ।

(उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवम् सार्क च्याम्बर अफ कमर्सका उपाध्यक्ष ढकालसंग गरिएको कुराकानीमा आधारित)