मकवानपुर – लागुऔषध गाजासहित मकवानपुर प्रहरीले शुक्रबार दुई जनालाई पक्राउ गरेको छ । हेटौडाबाट पथलैयातर्फ जाँदै गरेको ना३ख ५३४० नम्बरको ट्रकमा ५४ किलो गाजासहित एक भारतीय नागरिकसहित दुईजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT


ट्रक चालक बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका २८ वर्षीय रोहित श्रेष्ठ र ट्रकमा सवार भारत रक्सोलका ४४ वर्षीय संजय महतो पक्राउ परेको मकवानपुरका डिएसपी यज्ञराज भट्टराईले बताए ।


ADVERTISEMENT

# # #


प्रहरीले पूर्व पश्चिम राजमार्गमा जाँच गर्दा ट्रकको अघिल्ला भागमा लुकाएर ल्याएको अवस्थामा गाँजा बरामद भएको थियो ।

प्रहरीका अनुसार दुई बोरा गाजा बरामद भएको हो । बोरा भित्र २७ वटा पोका पारेर गाजा राखिएको भट्टराईले जानकारी दिए । ट्रक चालक श्रेष्ठ र महतोलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ट्रक पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।