एजेन्सी – नाइजेरियाको लागोस सहरमा एक स्कुलले फिसवापत प्लास्टिकका बोतल लिन सुरु गरेको छ । विद्यार्थीहरुले एक प्लास्टिकको झोलामा प्लास्टिकका बोतल लिएर जानुपर्छ । यसलाई तौलेर जुन मूल्य आउँछ, त्यसलाई बच्चाको फिसमा कट्टा गरिन्छ ।


ADVERTISEMENT


‘अफ्रिकन क्लीन अप इनिशिएटिभ’ र रिसाइक्लर्स संस्थाको सहयोगमा यो योजना मरिट इन्टरनेशनल स्कूलमा सुरु भएको हो । यस पहलबाट दुई फाइदा भएका छन् । पहिलो, परिवारको पैसा बचत हुन्छ । जुन उत्पादनका अन्य क्षेत्रमा लगाउन सकिन्छ । अर्को सहरको पर्वावरण पनि स्वच्छ हुन्छ ।


ADVERTISEMENT

# # #


चाँडै यसलाई अन्य स्कुलमा पनि लागू गरिने योजना रहेको छ । यस योजनाबाट अभिभावक खुसी छन् । किनकी यसले पैसाको त बचत गरेको छ नै पैसाको अभावमा स्कुल जानबाट बञ्चित बालबालिकालाई पनि स्कुलको पहुँचमा पुर्याएको छ ।

भारतको असाम राज्यस्थित एक स्कुलमा पनि यो अभ्यास सुरु भएको छ ।