पर्सा– पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गए राति ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


भारतबाट दर्शनार्थी बोकी आएको ना ५ त ३६३० नंको ट्याक्टर राति १२ः१५ बजे गाउँपालिका–५ सोलखपुरमा अनियन्त्रित भई पल्टिँदा ट्याक्टरमा सवार रहेका भारत विहार पश्चिमी चम्पारण रक्सौलको पंटोका निवासी ५० वर्षीय महेन्द्र पाश्वान र ९ वर्षीया पूजा कुमारीको मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


पर्साको पटेवासुगौली गाउँपालिकामा रहेको दुधेश्वर महादेवको दर्शन गर्न भारतबाट दर्शनार्थी बोकी आएको उक्त नम्बरको ट्याक्टर पल्टिँदा ट्याक्टरमा च्यापिएर गम्भीर घाइते भएका महेन्द्र र पूजाको उपचारका क्रममा वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।

सवारी दुर्घटना हुँदा ट्याक्टरमा सवार रहेको २५ मध्ये नौजना घाइते भएको प्रवक्ता जोशीले जानकारी दिनुए । घाइते सबैको वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये ट्याक्टर चालक बुनिलाल राम र उनकी श्रीमती सोभार रामको आवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । मृतक पाश्वन र पूजाको शवपरीक्षणका लागि उपक्षेत्रीय अस्पतालमा रखिएको प्रहरीले बताएको छ