इटहरी – इटहरी उपमहानगरले चर्चित बाल गायक प्रितम आर्चायलाई बाल सद्भावना दूत घोषणा गरेको छ । मंगलबार एक कार्यक्रमकाबीच कार्यवाहक प्रमुख लक्ष्मी गौतमले बाल सद्भावना दूत घोषणा गरिएको पत्र प्रदान गरेका हुन्।


ADVERTISEMENT


प्रमुख प्रशासकीय अधिकृत केशव विमली र वडाध्यक्ष दिपक गौतमले माला र टोपी लगाइदिएर सम्मान गरे। कार्यवाहक प्रमुख गौतमले प्रितमले इटहरीको नाम विश्वभर राखेको भन्दै धन्यवाद दिए । उनले इटहरी उपमहानगरले प्रितमकै आवाजमा नगर गीत वनाउने तयारी भइरहेको बताए । प्रमुख प्रशासकीय अधिकृत केशव विमलीले प्रितमको प्रगतिको कामना गरे ।


ADVERTISEMENT

# # #


यस्तै बालगायक प्रितम आर्चायले आफू यो अवस्थासम्म आइपुग्न इटहरी उपमहानगरले पुर्याएको सहयोग र मायाप्रति धन्यवाद दिए । भारतमा प्रतियोगितामा भाग लिन जानुअघि प्रितमलाई इटहरी उपमहानगरका मेयर द्वारिकलाल चौधरीले नेपाली झण्डा र उपमेयर लक्ष्मी गौतमले नेपाली टोपी लगाइदिएर विदाई गरेका थिए ।

प्रितम आर्चाय भारतीय टेलिभिजन जीटिभीको चर्चित रियालिटि सो ‘सारेगम लिटिल च्याम्स’मा तेश्रो भएर हिजो इटहरी फर्किएका हुन ।