एजेन्सी – आइतबार विश्वकप अन्तर्गत भारत र अष्ट्रेलियाबीच भएको खेलमा के अष्ट्रेलियाका लेग स्पिनर अदाम जाम्पाले बल टेम्परिङ गरेका हुन् ? लण्डनको ओभल मैदानमा भएको उक्त खेलको भिडियो बाहिरिने क्रममा सामाजिक सञ्जालमा यस्तो प्रश्न उठिरहेको छ ।


ADVERTISEMENT


उक्त भिडियोमा जाम्पाले आफ्नो खल्तीबाट केही कुरा निकालेको र त्यसलाई बलमा रगडेको देख्न सकिन्छ । उनको उनको यो भिडियो भाइरल भएपछि फेरि। एकपटक दक्षिण अफ्रिकाविरुद्ध भएको खेलमा अष्ट्रेलियाले गरेको बल टेम्परिङको घटनालाई ताजा बनाएको छ ।


ADVERTISEMENT

# # #



केही सामाजिक सञ्जाल प्रयोगकर्ताले जाम्पाले पनि त्यस्तै वस्तुको प्रयोग गरे, जुन गतवर्ष अष्ट्रेलियाली क्रिकेटर क्यामरून ब्रेनक्राफ्टले गरेको थिए भन्दै प्रश्न गरेका छन् । पछिल्लो वर्ष दक्षिण अफ्रीकाविरुद्ध टेस्ट सिरिजमा ब्रेनक्राफ्ट, डेविड वार्नर र स्टिभ स्मिथ बल टेम्परिङ गरेको मुद्दामा दोषी देखिएका थिए । त्यसपछि वार्नर र स्मिथमाथि एक एक वर्षको र ब्रेनक्राफ्टमाथि ९ महिनाको प्रतिबन्ध लगाइएको थियो ।

जाम्पाको भिडियो भाइरल भएपछि अष्ट्रेलियाका कप्तान आरोन पिन्चले स्पष्टिकरण दिएका छन् । उनले जाम्पाले हात न्यानो पार्ने वस्तु राखेको बताएका छन् । ‘मैँले तस्बिर त देखेको छैन । तर म यो भन्न सक्छु कि जाम्पाले हरेक खेलमा हात न्यानो पार्नका लागि खल्तीमा ‘ह्याण्ड-वार्मर’ बोकेका हुन्थे’ उनले भने ।

भारतले आइतबार अष्ट्रेलियालाई ३६ रनले पराजित गरेको थियो । जुन खेलमा जाम्पाले कुनैपनि विकेट लिन सकेका थिएनन् ।

What #AdamZampa is doing #watch and #comment.#CWC19 #INDvAUS #TeamIndia pic.twitter.com/zZK0yrJKOM

— Gyan Agnihotri (@Gyan4nation) June 9, 2019