काठमाडौं – परम्परागत प्रविधिलाई चुनौती दिदैँ वानप्लसले आफ्नो नविनतम संस्करण वानप्लस ७प्रो नेपाली बजारमा भित्र्याएको छ ।


ADVERTISEMENT


क्यामेराको अनुभवलाई पुनः परिभाषित गदैँ, वानप्लस ७ प्रोले प्रत्येक पलहरुलाई खिच्नकालागि ट्रिपल क्यामेरा ल्याएको छ । जसमा ४८ एमपी रियर क्यामेरा, ११७अल्ट्रा वाइड एन्गल लेन्स र तीन गुणा अप्टिकल जुम र नाईटस्केप २.० प्रविधिका साथ स्मार्ट दृश्य पहिचान गरेर सुन्दर तस्वीरहरु खिच्न सकिन्छ ।


ADVERTISEMENT

# # #


फोनमा नयाँ स्क्रीन तथा एकनासको डिस्प्ले क्यूएचडींफ्लुड एएमओ एलईडी रिजोलुसन तथा ९० हर्ज रिफ्रेस रेट रहेको छ ।

यसको कर्भ ऐज–टु–ऐज डिजाइनले झन् आकर्षक देखिन्छ । वानप्लस ७प्रोमा भएको ६.६७ इन्च ५५१ पीपीआई फ्लुड एएमओ एलईडी डिस्प्ले अहिलेसम्म कै सबैभन्दा एडभान्स स्क्रीन रहेको कम्पनीको दाबी छ ।

वानप्लस ७प्रोको अप्ग्रेडेड गरिएको स्क्रीनअनलक टेक्नोलोजिसँगै प्रयोगकर्ताले आफ्नो फोनलाई केवल ०.२१ सेकेण्डमै अनलक गर्न सक्नेछन् । यसमा ४००० एमएएच ब्याट्री रहेकाले चार्ज टिक्ने र २० मिनेटमै चार्ज गर्न सकिने कम्पनीको भनाई छ ।

यसमा लिक्वीड कुलिङ प्रणाली रहेको छ जसले फोनलाई तातिन बाट जोगाउँछ । त्यसबाहेक यसमा युएफएस ३.० स्टोरेज टेक्नोलोजी रहेको छ जसले लेख्ने र पढ्ने स्पीड बढाउँछ । साथै यसमा नाइट मोड जस्ता अन्य धेरै विशेषताहरु रहेका छन् । यसमा १२ जीवी ¥याम, क्वालकम स्न्यापड्रेगन ८५५ मोबाइल प्लायटफर्म र २५६ जीवी सम्मको स्टोरेज क्षमता रहेको छ ।

विश्वभरकै सबैभन्दा अग्रणी गुणस्तर परीक्षण निकाय डिस्प्ले मेटले वानप्लस ७प्रोलाई यसको सम्भावितउच्चतम स्कोर ‘ए प्लस’ बाट सम्मानित गरेको छ । वानप्लसले क्रिप्स डिटेल र पावरफुल कन्ट्रास सहित नयाँ प्रविधि एचडीआर १०+ ल्याएको छ । यसको डिस्प्ले नेटफिल्क्स, युट्युब र अमेजोन प्राइम भिडियोका लागि सटिफाइड रहेको छ ।

मूल्य कति ?
वानप्लस नेपाली बजारमा तीन किसिमको रहेका छन् ।

६ जीबी र्याम/१२८ रोम : रु. ८९ हजार
८ जीबीर्याम/२५६ रोम : रु. ९९ हजार ९ सय
१२ जीबी र्याम/२५६ रोम : रु. १ लाख ९ हजार