काठमाडौँ– महानगरीय अपराध अनुसन्धान महाशाखाले डकैती मुद्दाका फरार अभियुक्तलाई समात्न गोली चलाएको छ । प्रहरीले जोरपाटीको अत्तरखेलमा गोली चलाएर कुख्यात लुटेरा भनेर चिनिएका छिरिङ तामाङ उर्फ ‘काका’ लाई नियन्त्रणमा लिएको हो ।


ADVERTISEMENT


महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सहकुल थापाका अनुसार तामाङलाई नियन्त्रणमा लिने क्रममा घुडामुनि प्रहार गरिएको हो । तामाङ उपत्यकामा भएका ठुलठुला चोरीका घटनामा संलग्न रहेको प्रहरीले बताएको छ । प्रहरी देखेपछि उनी भाग्न लागेपछि प्रहरीले गोली चलाउनुपरेको बताएको छ ।


ADVERTISEMENT

# # #


उनको वीर हस्पिटलको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घट्नाबारे विस्तृत विवरण आउन बाँकी छ ।