काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा यही साउन १६, १७ र १८ गते क्रमशः सप्तरी, सिरहा र धनुषामा पार्टीका अध्यक्षसहित शीर्ष नेताको उपस्थितिमा निर्वाचन तयारी भेला गर्ने भएको छ ।


ADVERTISEMENT


आगामी असोज २ गते प्रदेश नं २ मा हुने सो निर्वाचनमा पार्टीलाई अग्रस्थानमा स्थापित गराउने उद्देश्यले भेला गराउन लागिएको बताइएको छ । दुई चरणमा सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीले अपेक्षाकृत नतिजा प्राप्त गर्न नसकेपछि अब जनतासँग बृहत् अन्तक्र्रिया, घरदैलो, राजनीतिक भेलालगायत कार्यक्रम गरिने छ ।


ADVERTISEMENT

# # #


पार्टीले उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा उपाध्यक्षद्वय राजीव पराजुली र रामचन्द्र राय सदस्य रहेको निर्वाचन परिचालन समिति गठन गरिसकेको छ । समितिले प्रदेश नं २ को स्थानीय तहमा क्रियाशील पार्टीका संगठनसँग समन्वय गरी स्थानीयवासी तथा तराई–मधेशका जनताको चाहना तथा भावना समेटेर चुनावी गतिविधि सञ्चालन गर्नेछ ।

पार्टीले लिएका नीति तथा सिद्धान्तबारे जनतालाई बुझाइने समितिका संयोजक तामाङले जानकारी दिए । समितिले पार्टीको सम्पर्क कार्यालय महोत्तरीको बर्दिवासमा राख्ने छ । यही साउन १५ गते समितिको पूर्ण बैठक आयोजना गरिने बताइएको छ ।