काठमाडौँ – नेपाल पुलिस क्लब प्रधानमन्त्री एक दिवसीय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पुलिसले सशस्त्र प्रहरी बल (एपीएफ)लाई पाँच विकेटले पराजित गरेको हो ।


ADVERTISEMENT


टस हारेर पहिले ब्याटिङ थालेको एपीएफ पुलिसका बलरसामू निरीह साबित भयो । उसले २२.१ ओभरमा सबै विकेट गुमाउँदै ४१ रनको सामान्य स्कोर बनायो । एपीएफका लागि कुनैपनि ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । उसका लागि पृथु बाँस्कोटाले सर्वाधिक ७ रन बनाए । यस्तै अमरसिंह रौटेला ६ रनमा नटआउट रहे ।


ADVERTISEMENT

# # #


पुलिसका लागि ललित नारायण राजवंशी, सागर ढकाल र कसशल भुर्तेलले घातक बलिङ गरे । ललितले ६ ओभरमा ८ रनमात्रै दिएर सर्वाधिक ४ विकेट लिए । यस्तै सागर र कुशलका नाममा समान ३-३ विकेट रह्यो ।

४२ रनको सामान्य चुनौति पच्छ्याएको पुलिसले पनि सजिलै जित भने हात पार्न सकेन । जितका लागि उसले ५ विकेट खर्चिनुपर्यो । पुलिसले सुरुवाती २३ रन बनाउँदा नै ५ विकेट गुमाएको थियो । उसका सुनिल धमला (३), अनिल साह (०), दिलीप नाथ (२), र अमित र अमित श्रेष्ठ (१) सस्तैमा आउट भएका थिए । त्यसपछि आएका दीपेन्द्र सिंह ऐरीले १० रन बनाए । उनले १४ बलमा २ चौका प्रहार गरे ।

यस्तैपवन सर्राफ २१ रनमा नटआउट रहे । उनले १४ बलमा ४ चौका प्रहार गरेका थिए । आरिफ शेख १ रनमा नटआउट रहे ।

एपीएफका लागि कप्तान वसन्त रेग्मीले ३ तथा शरद भेषवाकरले २ विकेट हात पारे ।

पुलिसले उपाधीका लागि शनिबार त्रिभुवन आर्मी क्लबसंग प्रतिस्पर्धा गर्ने छ । प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछ ।