जाजरकोट– यहाँको त्रिवेणी नलगाड नगरपालिकाका जनप्रतिनिधिले पहिलो बैठकको भत्ता बिरामीलाई दिने निर्णय गरेका छन् ।


ADVERTISEMENT


नगरपालिकाका ७१ जना जनप्रतिनिधिले सामुदायिकरुपमा भत्ता बिरामीलाई उपचारका लागि दिने निर्णय गरेको नगरपालिकाका प्रमुख टेकबहादुर रावलले जानकारी दिए।


ADVERTISEMENT

# # #


आर्थिक अवस्था कमजोर भएका यस नगरपालिका वडा नं १३ का आकाश भण्डारी जीवन र मृत्युको बीचमा अस्पतालको शय्याबाट अर्काको घरमा बसेको थाहा पाएपछि यस्तो निर्णय गरिएको प्रमुख रावलले बताए ।

बिरामी भण्डारी नेपालगञ्जमा अर्थाभाव हुँदा अर्काको घरमा मृत्युसँग जुझ्दै बसिरहेका छन् विभिन्न सामाजिक कार्य गर्दै आएको यस नपाको पछिल्लो निर्णय प्रशंसनीय रहेको नागरिक अगुवा दीपबहादुर सुनारले बताए । प्रतिबैठकको भत्ता रु ५९५ हुने गर्छ ।