एजेन्सी – विश्वकपमा भारतले   इङल्याण्डमा जारी आइसीसी क्रिकेट विश्वकप  यात्रा पहिलो खेल दक्षिण अफ्रिकाविरुद्ध जित हात पार्दै सुरु गरेको छ । खेलपहिले दिएको एक अन्तवार्तामा भारतीय ओपनर रोहित शर्माले शिखर धवनको बारेमा रोचक खुलासा गरेका छन् ।


ADVERTISEMENT


रोहितले एक अन्तर्वार्तामा आफ्ना ओपनिङ जोडी धवन प्रत्येक खेलमा आफूलाई कराउने बताएका छन् । उनले धवन ब्याटिङ गर्नुअघि ५ मिनेट गायब हुने खुलासा गरे । उनले भने, ‘प्रत्येक खेलमा टस भइसकेपछि जब हामी ब्याटिङ गर्न जानुपर्ने हुन्छ, तब धवन गायब भइदिन्छन् ।’


ADVERTISEMENT

# # #


रोहितले भने, ‘मलाई पहिलो बल खेल्नुपर्ने हुन्छ । त्यसकारण म चाँडै मैदानमा जान रुचाउँछु । तर, धवनलाई जब खेल खेलाडीहरु मैदानमा गइरहेका हुन्छन्, तब ट्वाइलेट आउँछ । फेरि उसलाई पर्खिनुपर्ने हुन्छ ।’

यस्तै उनले शिखर धवन खेल जाँदा मोजा पनि भुल्ने र आफूले दिने अवस्था आउने बताए ।