काठमाडौँ – कामना सेवा विकास बैंकले एकै दिन तीनवटा शाखा सञ्चालनमा ल्याएको छ । बैँकले मोरङको विराटनगर र सुन्सरीको इटहरीमा दुई शाखा विस्तार गरेको हो ।


ADVERTISEMENT


आइतबारबाट सञ्चालनमा आएका दुई शाखाको बैंकका अध्यक्ष सुदिप आचार्य तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले गरेका हुन् । सोही क्रममा प्रमुख कार्यकारी अधिकृत बस्नेतले पूर्वी नेपालमा शाखा विस्तारले व्यापार प्रवर्धनमा पनि गति मिल्ने बैंकले विश्वास लिएको बताए । यस बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #


बैंकले देशका विभिन्न भागहरुमा यी शाखा सहित ८६ वटा शाखा कार्यालयहरु तथा ३९ वटा एटीएम मार्फत आफना ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ ।

dav