पोखरा – “आँखामा हाले पनि नबिझाउने लालगेडी जस्ता थिए रविन्द्र अधिकारी ” शनिवार पोखरामा आयोजना गरिएको एउटा कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रिपरिषदका एकजना सदस्य रहेका स्वर्गीय रविन्द्र अधिकारीका बारेमा यसो भने ।


ADVERTISEMENT


सभागृहमा रविन्द्र अधिकारी स्मृति प्रतिष्ठानको उद्घाटन गरेपछि विशाल सभामा प्रधानमन्त्री ओलीले शनिबार सम्बोधन गर्दै स्वर्गीय अधिकारीको बारेमा त्यती मात्र भनेर रोकिएनन् । “मैले रविन्द्रलाई २०३९ सालमा चिनेदेखि जतिपल्ट भेटें नमुस्कुराएको चेहरा कहिले देखिन । जस्तै समस्या आएपनि हसिलो मुहार उनको पहिचान थियो ” प्रधानमन्त्रीले भने ।


ADVERTISEMENT

# # #


मञ्चको दाँयाबाँया रविन्द्रका हसिला तस्विर टाँगिएका थिए । ओलीको मन्त्रिमण्डलमा पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्री रहेका अधिकारीको फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परेर निधन भएको थियो । रविन्द्र बारे प्रधानमन्त्रीले भावुक हुंदै भने “रविन्द्रले जींउदो हुन्जेल कसैका आँखामा आँसु आउन दिएनन् । मरेपछि कसैका आँखा पनि आँसु बिनाका भएनन् ।”

चिनेको ३५ बर्षपछि आफ्नै मन्त्रिपरिषदको सदस्य भएपछि रविन्द्रसँग झन् धेरै सामिप्य भएको उनले स्मरण गरे । “जतिसुकै संकट पर्दा पनि प्रशन्न चित्तको मान्छे” प्रधानमन्त्री ओलीले भन्नुभयो “मेरो मन्त्रिपरिषदमा पोखराले अत्यन्तै सक्षम व्यक्ति दिएको थियो ।”

रविन्द्रले छोटो समयमा लामा पदचाप छोडेर गएको प्रधानमन्त्री ओलीले बताउनुभयो । “रविन्द्रको यात्रा छोटो भयो तर लामा पदचाप छोडेर जानुभयो ” उनले भने, “वहाँले छोडेका पदचाप हामीले पछ्याउनु पर्दछ ।”

वाइडबडीमा रविन्द्र निर्दोष

प्रधानमन्त्री ओलीले रविन्द्र मन्त्री हुनुभन्दा अगावैको वाइडबडीको बिषय झिकेर रविन्द्रलाई बद्नाम गर्न खोजिएको बताए । रविन्द्र अधिकारी र वाइडबडीका बिषयमा प्रधानमन्त्रीले कार्यक्रममा यसो भने ।

वाइडबडी काण्डमा रविन्द्र अधिकारी मन्त्री हुनुभन्दा अगाडिका कुराहरुको प्रशंग ल्याएर उनको नाम बद्नाम गर्न कोशिश गरिएकाले अधिकारी यसमा निर्दोष भएको बताएको आलीले उल्लेख गरे ।

‘केही भुईंफुट्टा तत्वहरु ,केही भूंइफुट्टा संस्थाहरु प्रधानमन्त्रीले यसरी कुनै अदालतले फैसला नगरिकन निर्दोष छ भन्न पाइन्छ भन्न थाले । अदालतले फैसला नगरिकन चाँही दोषी छ भन्न पाइन्छ त ? प्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘म तिनीहरुलाई भन्न चाहन्छु ,आरोप लगाउन पाइने, संलग्न नै नभएका कुरामा निर्दोष छ भन्न नपाइने ?’ अधिकारीको स्मृतिमा स्थापना गरिएको प्रतिष्ठान सञ्चालनका लागि सरकारले १ करोड रुपैंया उपलब्ध गराउने प्रधानमन्त्री ओलीले घोषणा गरे ।

वाइडवडीमा अधिकारीको संलग्नताबारे यसो भने प्रधानमनत्री ओलीले

मैले एउटा प्रसंगमा बोल्ल्दा भने वाइडबडी काण्डमा रविन्द्र अधिकारी मन्त्री हुनुभन्दा अगाडिका कुराहरुको प्रशंग ल्याएर वहाँको नाम बद्नाम गर्न कोशिश भयो र मैले भने वहाँ त्यस मामिलामा निर्दोष हुनुहुन्छ । एकथरी अत्यन्त छुद्र मतिका मान्छेहरुलाई सारै पोलेछ । वहाँ निर्दोष । वास्तवमा निर्दोष हुनुहुन्छ । मैले त्यही कुरा भने । कुनै सम्बन्धै छैन । केही भुईंफुट्टा तत्वहरु ,केही भूंइफुट्टा संस्थाहरु प्रधानमन्त्रीले यसरी कुनै अदालतले फैसला नगरिकन निर्दोष छ भन्न पाइन्छ भन्न थाले ।

अदालतले फैसला नगरिकन चाँही दोषी छ भन्न पाइन्छ त ? म तिनीहरुलाई भन्न चाहन्छु ,आरोप लगाउन पाइने । संलग्न नै नभएका कुरामा निर्दोष छ भन्न नपाइने  ? ति भुईंफुट्टा संस्थारुहरुले नेकपाका पदाधिकारीलाई जोगाउन प्रधानमन्त्रीले निर्दोष छ भन्नुभयो भने । को हुन् ति न्यायधिसहरु ? त्यही भूंइफुट्टाहरुले मिलेर तथाकथित संस्था गठन गरो अनि तेसो भन्न पाइन्छ ? निर्दोष भन्न पाइन्छ भन्ने ? निर्दोषलाई निर्दोषलाई निर्दोष भन्न किन पाइदैन ? त्यसकारण रविन्द्र अधिकारी एउटा स्वच्छ आचरण भएको,स्वच्छ छवि भएको कर्मठ क्रियाशिल व्यक्ति हो । पहिले नेकपा एमालेको नेता कार्यकर्ता पछि नेकपाको नेता कार्यकर्ता ।

वहाँ अनुशासित,इमान्दार पार्टी कार्यकर्ता हो । पार्टीको नेतृत्वका विरुद्ध,निर्णयका विरुद्ध जथाभावी बोलेर आफ्नो बहादुरी हुन्छ भन्ने भ्रम नपाल्ने कार्यकर्ता हो ।