काठमाडौँ – राजधानीमा जारी प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले प्रदेश नं २ लाई २५४ रनको चुनौति दिएको छ ।


ADVERTISEMENT


मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको पुलिसले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २५३ रन बनायो । पुलिसका लागि अमित श्रेष्ठले सर्वाधिक ५० रन हाने । त्यसक्रममा उनले ४२ बलमा ५ चौका र एक छक्का प्रहार गरे ।


ADVERTISEMENT

# # #


पहिलो विकेटका लागि अनिल शाह र सुनिल धमलाले ८७ रनको साझेदारी गरेपछि पुलिसले राम्रो योगफल तयार गरेको हो । सुनिलले ७७ बलमा ३ चौकासहित ४३ रन बनाए । यस्तै अनिलले ५० बलमा दुई चौकासहित ३७ रन जोडे ।

यस्तै दीपेन्द्र सिंह ऐरी १८ र पवन सर्राफले १३ रन जाड्दा आरिफ शेखले ३२ रन बनाए । आठौँ नम्बरमा आएका कुशल भुर्तेलले ३२ बलमा ४ चौका र एक छक्कासहित ३५ रन प्रहार गर्दै पेवेलियन फर्किए ।

प्रदेश २ का लागि १० ओभरमा उनले ४१ खर्चिएका सम्साद शेखले ४ विकेट चट्काए । यस्तै राशिद खानले २ विकेट लिए भने दिभ्यांशु मालिक, मेहबुव आलम र कुमार थापाले समान १ १ विकेट लिए ।

पुलिसले यसअघिका सबै (तीन) खेल जितेको थियो भने प्रदेश २ ले ३ खेलमा २ जितेको छ ।