काठमाडौँ – आठौँ राष्ट्रिय खेलकुदमा विभिन्न पदक प्राप्‍त गर्ने त्रिभुवन आर्मी क्लबका खेलाडीहरुलाई पुरस्कार प्रदान गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच प्रधानसेनापति पूर्णचन्द्र थापाले खेलाडीहरुलाई पुरस्कार वितरण गरेका हुन् ।


ADVERTISEMENT


पुरस्कार वितरणपछि प्रधानसेनापति थापाले नेपाली सेनाको राष्ट्रिय खेलकुदलाई सहयोग पुर्‍याउने महत्वपूर्ण जिम्मेवारी भएको बताउँदै पदक प्राप्‍त गर्ने खेलाडीलाई बधाई दिए । उनले राष्ट्रिय स्तरका खेलकुदमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरका खेलकुदहरुमा पदक जित्‍ने लक्ष्य राखी थप मेहनत र लगनशिलताका साथ अगाडि बढ्न सुझाए ।


ADVERTISEMENT

# # #


सोहिक्रममा विभिन्‍न साहसिक खेलकुदलाई एकत्रित गरी थप व्यवस्थित बनाउन नेपाली सेनाले ब्मखभलतगचभ ऋगिद को स्थापना गर्ने र क्उयचतक ऋयmउबलथ को सम्भाव्यता बारे अध्ययन गरी स्पष्ट रणनीति एवम् कार्य योजना बनाई खेलकुदको विकास गर्न नेपाली सेनाको ‘एड्भ्यान्चर क्लब’को स्थापना गर्ने र ‘स्पोर्ट भिजन २०३०’ तयार गर्ने कार्य भईरहेको समेत जानकारी गराए ।

प्रदेश ५ मा १४ दिनसम्म सञ्‍चालन भएको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाली सेनाका खेलाडीहरुले विभिन्‍न विधामा गरी १४८ स्वर्ण, ८४ रजत र ७२ कास्य गरी जम्मा ३०४ पदक प्राप्‍त गरेका थिए ।