काठमाडौँ – कामना सेवा विकास बैंकले रुपन्देहीका तीनवटा अस्पतालसंग स्वास्थ्य सेवामा विशेष छुटसम्बन्धी सम्झौता गरेको छ । बैंकले बुटवलका सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर, सिद्धार्थनगर सिटी हस्पिटल र लुम्बिनि सिटी अस्पताल एण्ड मेडिकल साइन्ससंग सम्झौता गरेको हो ।


ADVERTISEMENT


सम्झौता अनुसार अब बैंकका ग्राहकले यी तीन अस्पतालबाट उपचार गराउँदा विशेष छुट पाउने छन् । सम्झौतासँगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावाविन्त हुने बैंकले जनाएको छ ।


ADVERTISEMENT

# # #


सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट बैंकका डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ प्रमुख सुवास भट्टराई र सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टरको तर्फबाट अध्यक्ष रमेश श्रेष्ठ र संचालक दिपेश प्रधान, सिद्धार्थनगर सिटी हस्पिटलको तर्फबाट प्रबन्ध निर्देशक अर्जुन पौडेल र लुम्बिनि सिटी अस्पताल एण्ड मेडिकल साइन्सको तर्फबाट प्रमुख प्रशासक लोकनाथ भुषालले हस्ताक्षर गरेका छन् ।

बैंकले देशका विभिन्न भागहरुमा ८४ वटा शाखा तथा ३९ वटा एटीएममार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।