काठमाडौँ – भारती यजनता पार्टी (भाजपा)का नेता तथा प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो पटक प्रधानमन्त्री बनेका छन् । उनले भारतीय प्रधानमन्त्रीका रुपमा दोस्रो कार्यकालका लागि शपथ लिएका छन् । नयाँ दिल्लीस्थित राष्ट्रपति कार्यालयमा मोदीले राष्ट्रपति रामनाथ कोबिन्दका अगाडि शपथ लिएका हुन् ।


ADVERTISEMENT


मोदीसंगै राजनाथ सिंह, अमित शाह, नितिन गडकरी, डीवी सदानन्द गौडा, निर्मला सीतारमण, रामविलास पासवान, नरेन्द्र सिंह तोमर, रविशंकर प्रसाद, हरसिमरत कौर बादल, थावरचन्द गहलोत, एस जयशंकर, स्मृति इरानी लगायतले संघीय मन्त्रीका रुपमा सपथ लिएका छन् ।


ADVERTISEMENT

# # #


मोदीको सपथ समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका छन् । भारतीय विदेश मन्त्रालयले बिमस्टेकसहित १० देशका राष्ट्र तथा सरकार प्रमुखलाई शपथग्रहण समारोहमा सहभागी हुन निम्ता दिएको थियो ।