काठमाडौं – स्पिनर सुशन भारीको ह्याट्रिकसंगै त्रिभुवन आर्मी क्लबले जारी प्रधानमन्त्री एक दिवसीय क्रिकेट प्रतियोगितामा दोस्रो जित हात पारेको छ । आइतबार प्रदेश नं. १ लाई आर्मीले १ सय १३ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जिते र ब्याटिङ थालेको आर्मीले ४५.३ ओभरमा अल आउट हुँदै २ सय ४ रन बनायो । १०५ रनको चुनौति पच्छ्याउँदै मैदान उत्रिएको प्रदेश १ ले २६.५ ओभरमा सबै विकेट गुमाएर ९१ मात्रै बनाउन सक्यो । उसका लागि राजन मगरले सर्वाधिक २६ रन बनाए । यस्तै मुकुन्द यादव १८ रनमा आउट हुँदा राजन मगर १० रनमा वेलियन फर्किए । अन्यले दोहोरो अंक छुन सकेनन् ।


ADVERTISEMENT

# # #


आर्मीका लागि कलिसो बलिङ गरेका सुसन भारीले ह्याट्रिकसहित ३ विकेट लिए । उनले ५.५ ओभरमा २ मेडन सहित ५ रनमात्रै खर्चिए । यस्तै करन केसीले २ विकेट हात परे भने जितेन्द्र मुखिया, हरि बहादुर चौहान र साहव आलमका नाममा समान १-१ विकेट रह्यो ।

यसअघि आर्मीका मध्यक्रमका राजेश पुलामी मगरले सर्वाधिक ५६ रनको अर्ध शतकिय इनिङ खेल्दै आर्मीलाई मध्यम योगफल सम्म पुर्याए । ४६ ओभरको तेस्रो बलमा फिर्दोस अन्सारीले क्याच आउट गराउनु अघि ९३ बलमा ४ चौका प्रहार गरे । यस्तै हरिबहादुर चौहानले र४१ रन जोडे । उनले ५१ बलमा ४ चौका र १ छक्का प्रहार गरे । कप्तान विनोद भण्डारीले ३४ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३० रनको योगदान दिए ।

करण केसी २६ रनमा आउट हुँदा कुशल मल्ल १६ रन बनाए । अन्यले दोहोरो अंक छुन सकेनन् । प्रदेश १ का लागि दिपेश कँडेलले सर्वाधिक ३ विकेट लिए । त्यस्तै सिद्धान्त लोहनी, फिर्दोस अन्सारी र मुकुन्द यादवले समान २ विकेट लिए । पुष्प थापाको नाममा १ विकेट रह्यो ।