एजेन्सी – दक्षिण अमेरिकी मुलुक पेरूमा ८ म्याग्नेच्युडको भूकम्प आएको छ। स्थानीय समयअनुसार आइतबार बिहान २ बजेर ४० मिनेट जाँदा भूकम्प आएको हो।
सान मार्टिन क्षेत्रको राजधानी मोयोबाम्बादेखि ११० किलोमिटर पूर्व केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का छिमेकी कोलोम्बिया र ब्राजिलसम्म पनि महशुस गरिएको छ।
कतिपयले तीन मिनेटसम्म भूकम्पको धक्का महशुस भएको बताएका छन्। राजधानी लिमामा रहेका पत्रकार जरेड वादेले ट्वीटरमा लेखेका छन्( पेरूमा निकै ठूलो धक्का महशुस भयो। ओछ्यान हल्लिएपछि ब्युझें।
भूकम्पले हल्लाएपछि लिमावासी मध्यरातमा सडकमा निस्किएका छन्।
भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ।
#AHORA Información de la @PoliciaPeru en #Yurimaguas da cuenta sobre derrumbes de casonas en AA.HH. Las Praderas. Asimismo, en barrio de Macao, en el distrito de San Lorenzo, provincia Datem del Marañón, policías brindan protección y calma a población afectada. pic.twitter.com/gAc9UbNU1t
— Mininter Perú (@MininterPeru) May 26, 2019