काठमाडौं – टिभीएस स्कुटर तथा मोटरसाइकलहरुको नेपालका लागि एक मात्र आधिकारिक बितरक जगदम्बा मोटर्स प्रालिले ‘चान्स् टु वीन थ्रु क्लिक’ का विजेता घोषणा गरेको छ ।


ADVERTISEMENT


उक्त अभियानको विजेता पोखराकी लक्ष्मी पोखरेल भएकी छन् । उनले टिभीएस एनटर्क १२५ सीसीको स्कुटर प्राप्त गरेकी छन् । उनलाई जगदम्बा मोटर्स प्रालिका भाइस् प्रेसिडेन्ट दीपक अग्रवालले स्कुटरको साचो हस्तान्तरण गरेका हुन् ।


ADVERTISEMENT

# # #


‘देशभर रहेका हाम्रा प्रयोगकर्तालाई खुसि पार्न राकुटेन भाइबरले अनवरत रुपमा आफ्ना साझेदारहरुसंग कम गरिरहेको छ ।’ राकुटेन भाइबरका सिनियर डाइरेक्टर, विजनेस डेभ्लप्मेन्ट (एपीएसी) अनुभव नायरले भने, ‘नेपालमा रहेका हाम्रा प्रयोगकर्ता जसले आफ्ना निकतम व्यत्तिmहरुसंग नजिक रहन भाइबर प्रयोग गरिरहनु भएको छ, हामी उहाँहरुलाई धन्यवाद भन्न चाहन्छौँ ।’

यस्तै जगदम्बा मोटर्स्का भाइस् प्रेसिडेन्ट दीपक अग्रवालले कम्पनीसंग सहकार्य गरेकोमा भाइवरलाई धन्यवाद दिए ।

‘हाम्रो ब्राण्डसँग सहकार्य गरेर ग्राहकहरुलाई डिजिटल्ली जोड्दै उत्साह र खुसीयाली बाँढ्न मद्दत गरेकोमा हामी भाइवरलाई आभार प्रकट गर्न चाहान्छौँ ।’ उनले भने, ‘हामी देशभरका ग्राहकहरुको उत्साहजनक सहभागीताले अत्यन्तै खुसी छौँ ।’

जगदम्बाका उत्पादनहरुको कस्टुमाईज स्टीकर प्याक बनाउनका लागि राकुटेन भाइबरसँग सहकार्य गरेको थियो ।

जगदम्बा मोटर्सले “चान्स टु वीन थ्रु क्लिक” नामक अभियान सार्वजनिक गरेको थियो जस अन्तर्गत ग्राहकहरुले “लभ ऐट फस्ट राईड” स्टीकर प्याक डाउनलोड गरेर टिभीएस एनटर्क १२५ सीसीको स्कुटर जित्नुका साथै थुप्रै आकर्षक उपहारहरु प्राप्त गर्ने अवसर सिर्जना गरेका थिए ।