काठमाडौँ – सेवा विकास बैंकले ग्राहकहरुको आवश्यकता र सेवालाई मध्यनजर गर्दै निक्षेप सदस्य सम्बन्धी कार्य गर्न बैंक अफ काठमाडौं क्यापिटल मार्केटसँग सम्झौता गरेको छ ।


ADVERTISEMENT


यस सम्झौता अनुसार अब ग्राहकहरुले देशभरि छरिएर रहेका बैंकका शाखा कार्यालयहरुबाट डिम्याट खाता सम्बन्धी सुविधा लिन सक्नेछन् । साथै, २०७६ साल असार ३१ गते सम्म खाता खोल्ने ग्राहकहरुले निःशुल्क रुपमा डिम्याट खाता खोल्न सक्नेछन ।


ADVERTISEMENT

# # #


शुक्रबार भएको उक्त सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्याकारी अधिकृत प्रविण बस्नेत र बैंक अफ काठमाडौं क्यापिटल मार्केटको तर्फबाट प्रमुख कार्याकारी अधिकृत दिनेश प्रसाद खतिवडाले हस्ताक्षर गरेका छन् ।

बैंकले देशका विभिन्न भागहरुमा ८४ वटा शाखा तथा ३९ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ