काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणको नक्कली भारतीय नोटसहित ६ जना पक्राउ परेका छन् ।


ADVERTISEMENT


विमानस्थल प्रहरी र त्रिवि भन्सार कर्मचारीको चेकजाँचको क्रममा उनीहरुलाई दुईवटा सुटकेसमा ल्याएको ७ करोड, ६७ लाख ९४ हजार नक्कली भारतीय रुपैयाँसहित पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


कतार एयरवेजको विमानमार्फत नेपाल आएका तीन जना पाकिस्तानी नागरिक र उनीहरुलाई ‘रिसिभ’ गर्न गएका तीन नेपालीलाई पक्राउ गरिएको विमानस्थलका सुरक्षा प्रमुख एसएसपी सन्दिप भण्डारीले हिमालय पोष्टलाई जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा पाकिस्तानका ४९ वर्षीय मुहम्मद अख्तर, ६७ वर्षीय नासिर उद्धिन र ३९ वर्षीय नदिया अनवर रहेका छन् । यस्तै उनीहरुलाई रिसिभ गर्न गएका युनिस अन्सारी, रौतहट रमौलीका सोहेल खान र भक्तपुर बालकोटका सुमन रानाभाट (ड्राइभर) पनि उक्राउ परेका छन् ।

यसबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।