जनकपुर – राजधानीको राजनीतिक उथलपुथल देखि, प्रदेश र स्थानीय क्षेत्रको विकासे कार्यक्रम सम्म पनि देश भित्रकै जनता अनबिज्ञ छन् भन्दा आश्चर्य लाग्ला । अझ, देशको भूगोलभित्र दिनहुँ भईरहने राम्रा नराम्रा सबै घटनाहरुको सूचनाबाट समेत जनताहरु बञ्चित छन् भन्ने तथ्यले गाउँ गाउँमा सिँहदरबार भन्ने नारालाई समेत ओझेलमा पारेको छ ।


ADVERTISEMENT


गाउँ गाउँ तथा सिमा बस्तिहरुमा सूचनाका लागि स्वदेशी सञ्चारका टेलिभिजन ( टिभी ) च्यानलहरु भन्दा पनि भारतीय टिभी च्यानलहरु मात्रै हेरिने परम्पराले २ नम्बर प्रदेशमा डिजिटल डिभाईडको (प्रविधिले बिभाजन गरेको) असर देखिरहेको छ । यसले जनताहरुमा राष्ट्रियताको भाव समेत गुम्ने खतरा बढेको विज्ञहरु बताउँछन् । सूचना, जानकारी र मनोरञ्जनको श्रोतका रुपमा देशका जनताहरुले बिदेशी च्यानलहरुमा नै सँधै भरपरिरहनाले देश र जनताको सूचना सम्बन्ध टुटेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।


ADVERTISEMENT

# # #


भारत सरकारले आफ्ना सिमान्तकृत भेगका लागि भनेर ल्याएको फ्रिडिस सेवालाई नेपालका सिमाना क्षेत्रहरुमा समेत गैरकानूनी रुपमा प्रयोग गर्ने गर्दा जनता देश भित्रकै सूचनाबाट जनता बञ्चित बनिरहेका हुन् ।

महोत्तरी रामगोपालपुरका राम सरदार यादवलाई आउन लागेको बजेट भाषण र आफ्नो गाउँमा कति बजेट आउला भन्ने कुनै चिन्ता छैन बरु भारतको लोकसभा निर्वाचनको मत परिणाम हेर्दैमा आफ्नो काम नै बिर्सिने गरेका छन् । यस्तै, पर्सा ठोरीकी सीता कुमारी देवीलाई केही दिन अघि पाँचथरको मिक्लाजुङमा ९ जनाको हत्या हुने गरी भएको घटना नै थाहा छैन, बरु उनी त हिन्दी टिभी सिरियल नागिनमा अब के आउला भन्ने सोचमा डुबेकी छन् ।

राम सरदार र सीता कुमारी जस्तै भारतसँग सिमा जोडिएका २ नम्बर प्रदेशका अधिकाँस गाउँहरुमा नेपाली टिभी च्यानलहरु नै हेरिँदैन । कारण, त्यस क्षेत्रमा नेपालका केवल प्रदायकहरुको सेवा नै लिईँदैन, सबैका घर घरमा फ्रिडिस चलाएर भारतीय टिभी च्यानलहरु घन्किरहन्छन् । भारतका बजारमा पाईने फ्रि डिसको डिभाईसलाई एकपटक किनेर ल्याएपछि सित्तैमा नबिग्रिउन्जेल टिभीमा जोडेर हेर्न पाए पछि जनताहरु बिदेशी सूचना र मनोरञ्जनमा नै भुलिईरहेका छन् ।

दशौँ लाखको संख्यामा रहेका फ्रिडिसहरुको कारणले एकातिर नेपाली टेलिभिजनको भ्युअर्सिपमा प्रभाव पारेको छ । अर्कोतिर नेपाल सरकारको राजश्वमा क्षती पुगेको बताईएको छ । आफ्नो भाषा, सँस्कार, चाडपर्व, नेपाली रिती रिवाज परम्परा, राजनीति, राष्ट्रियता र आफ्नोपनबाट नेपाली जनताहरु नै विमुख बन्ने खतरा बढेको भन्दै सरकारले बेलैमा यस बिषयमा ध्यान दिनुपर्ने विज्ञहरुले सुझाव दिएका छन् ।

डिसहोमको पहल

इण्डियन डीटीएच अथवा फ्रि डिशले तराईको समुदाय र स्वदेशी उत्पादन, संस्कृतिसंग दूरी बढाउने काम गरेको र केन्द्र वा प्रदेश सरकारले दिएका सूचनाहरुबाट ती समुदाय बञ्चित भइरहेको डिसहोमको निष्कर्ष छ ।

नेपाली टिभी च्यानलहरु हेर्नका लागि फ्रि डिस होईन स्वदेशी केवल सेवा प्रदायक नै प्रयोग गर्नुपर्छ भन्ने जनचेतनाका लागि दुई नम्बर प्रदेशका सम्पूर्ण जिल्लाहरुमा डिसहोमले विभिन्न कार्यक्रम र योजनाहरु अगाडी बढाएको जनाएको छ । विशेष गरेर २ नम्बर प्रदेशका ग्रामिण क्षेत्रहरुमा अगाडी बढाईएका त्यस्ता कार्यक्रमहरु प्रभावकारी बनिरहेको समेत बताईएको छ ।

भौगोलिक संरचनाले गर्दा तराईका विकट गाउँमा केन्द्रबाट विभाजन गरिएका सञ्चारका टुलहरु पुग्न नसक्नु र त्यहाँका सहरी क्षेत्रसँग गाउँको सञ्चार पहुँच नपुग्ने अवस्थाको फाईदा भारतीय टेलिभिजन सेवा प्रदायकले लिईरहेको बेला नेपालका केवल प्रदायक सँस्थाहरुले समेत त्यस्तो एकाधिकारलाई तोड्नका लागि कार्यक्रम अघि बढाएका हुन् ।

डिस होमले तराईका ३२ वटा स्थानमा सचेतनाका कार्यक्रमहरु गरेको जनाएको छ । स्थानीयहरुलाई गीत, संगीत र नाटकको स्वरुपबाट चेतना मूलक कार्यक्रमहरु अघि बढाईएको छ । यसले नेपालका केवल सेवा प्रदायक सँस्था र नेपालका टिभी च्यानलहरुको महत्व बुझाउन सकिएको डिस होमले जनाएको छ ।

भर्खरै हावाहुरी गएको बारा र पर्साका गाउँहरुमा प्रभावित ग्राहकहरुलाई डिस होमले ‘फ्रि सर्भिस क्याम्प’ कार्यक्रम गर्यो । नेपाली केबल सेवा प्रदायकलाई प्रयोग गर्यो भने भोलि असजिलो पर्दा कम्पनीले हेर्दो रहेछ त्यसैले देशभित्रको आफ्नो उत्पादन प्रयोग गर्नुपर्ने रहेछ भन्ने सन्देश दिएर गैरकानूनी प्रयोग रोक्न समेत भूमिका खेलेको डिस होमले जनाएको छ ।

के हो फ्रि डिश ?

भारतीय सरकारले सिमान्तकृत समुदायका लागि टेलिभिजन हेर्न दिएको एउटा विकल्प हो फ्रि डिश । कुनै प्रविधि भन्दापनि स्याटलाइटमा छाडिएको क्षेत्रीय च्यानलहरु जो मूलधारमा आउन नसक्ने हुन्छन्, तिनीहरुलाई त्यसमा छोडिएको हुन्छ । बजारबाट कुनै फ्रि डिशको सेटअप लिएपछि त्यो निश्चित स्याटालाइटतिर ट्युनिङ्ग गरिसकेपछि ती च्यानलहरु आउँछन् । भारतमा त्यहाँको सरकारले नै अघि सारेको हुनाले त्यो वैधानिक हो भने नेपालमा भने यसलाई हाम्रो कानुन अनुसार अवैधानिक घोषणा गरिएको छ ।

दशौँ लाखको संख्यामा रहेका फ्रिडिसहरुको कारणले एकातिर नेपाली टेलिभिजनको भ्युअर्सिपमा प्रभाव पारेको छ भने अर्कोतिर नेपाल सरकारको राजश्वमा क्षती पुगेको छ । त्यो संख्यालाई नेपालतिर तान्न सक्ने हो भने एउटा अर्को सिंगै नयाँ अपरेटर बाँच्ने बजार हो । त्यसकारणले पनि यसलाई नियन्त्रण गर्नुपर्ने जरुरी छ ।