काठमाडौं – प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा त्रिभ्वन आर्मी क्लबले प्रदेश नं २ लाई २७९ रनको चुनौति दिएको छ । राजु रिजाल र कप्तान विनोद भण्डारीको शतकीय साझेदारीसंगै आर्मी विश्वाल स्कार खडा गरेको हो ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २७८ रन बनायो । उसका लागि राजु रिजालले ९० रन बनाए । उनी शतक बनाउनबाट १० रनले चुके । १०९ बलमा ५ चौका र दुई छक्काको मद्दतमा ९० रन बनाएका राजु हरिशंकर शाहको बलमा उनी क्याच आउट भए ।


ADVERTISEMENT

# # #


विगत केही वर्षपछि राजुले उत्कृष्ट प्रदर्शन गर्दै उच्च रन बनाएका हुन् । सन् २०१६ मा नेपाललाई यू–१९ विश्वकप समेत खेलाएका राजु पछिल्लो समयमा लयमा थिएनन् । घरेलु फ्रेन्चाइज लिगहरुमा पनि खराब प्रदर्शन गरेका राजुले प्रधानमन्त्री कपको उद्घाटन खेलमै उच्च रन बनाएका हुन् ।

त्यस्तै, अर्धशतकका कप्तान विनोदले ६१ बलमा ९ चौका प्रहार गर्दै ६६ रन जोडे । आफ्नो पहिलो खेलमै विनोदले राम्रो प्रदर्शन गरेका हुन् ।

यस्तै छैटौँ नम्बरमा आएका रोहित कुमार पौडेलले ४७ रन जोडे । सुरुदेखि नै आक्रमक तरिकाले प्रस्तुत भएका रोहितले ३६ बलमा चार चौका र एक छक्कासहित ४७ रन बनाए । बाउन्ड्री प्रहार गरेर अर्धशतक पूरा गर्ने चक्कारमा उनी क्याच आउट हुन पुगे । यस्तै हरि चौहानले २६ रन बनाउँदा करण केसीले ११ रन जोडे । सुसन भारी १२ रनमा अविजित रहे ।

प्रदेश २ का लागि हरिशंकर शाहले ३ विकेट लिए । यस्तै राशिद खान, सम्साद शेख, विशाल सुस्लिङ र विवेक यादवले समान १-१ विकेट हात पारे । प्रदेश दुईले अहिले अवाफी ब्याटिङ गरिरहेको छ ।