जेन्सी – घरेलु टोली इङ्‍ल्याण्डले आठ दिनपछि हुने एकदिवसीय विश्वकप क्रिकेटका लागि तीन नयाँ खेलाडीलाई टोलीमा समावेश गरेको छ ।


ADVERTISEMENT


यसअघि १५ सदस्यीय टोलीमा परेका एलेक्स हल्स, जो डेनली र डेभिड विल्लीलाई स्थानान्तरण गर्दै जोर्फा आर्चर, टोम कुरान र लियम डेभ्सन टोलीमा समावेश भएका हुन् ।


ADVERTISEMENT

# # #


विश्वकप मे ३० बाट वेल्स र इङ्‍ल्याण्डमा संयुक्त रुपमा आयोजना हुँदैछ । प्रशिक्षण र पाकिस्तानविरुद्धको पाँच एकदिवसीय सिरिजपछि इङल्याण्डले खेलाडी परिवर्तन गरेको हो । सहभागी तीन खेलाडीमध्ये टोमसँग १७ एकदिवसीय खेलको अनुभव छ ।

२४ वर्षीय अलराण्डर आर्चरले तीन एकदिवसीय अन्तर्राष्ट्रिय खेलमात्र खेलेका छन् । उनले बलिङमा तीन विकेटसमेत लिएका छन् । २४ वर्षीय टोमले १७ एकदिवसीय खेलमा २७ विकेट लिँदा ब्याटिङतर्फ १ सय ७८ रन बनाएका छन् । २९ वर्षीय लियमले तीन एकदिवसीय क्रिकेटमा सहभागिता जनाएका छन् ।

घरेलु मैदानमा पहिलो पटक विश्वकप उपाधि राख्ने लक्ष्यसहित इङ्ग्ल्यान्डले टोली घोषणा गरेको छ ।