पाँचथर – पाँचथरको मिक्लाजुङ गाउँपालिका–७, आरुबोटेमा ९ जनाको विभत्स हत्या आत्महत्या गरेका युवकले नै गरेको प्रहरीले आशंका गरेको छ ।


ADVERTISEMENT


विभत्स हत्या भएको केही घण्टामा सोही गाउँपालिकाको वडा नम्बर ७ मा मानबहादुर माखिम झुण्डिएको अवस्थामा फेला परेका थिए । प्रहरीले हत्यामा माखिमकै संलग्नता हुनसक्ने आशंका गरे छ ।


ADVERTISEMENT

# # #


घटनामा बाँच्न सफल १२ वर्षीया बालिका सीता खजुमको बयानका आधारमा प्रहरीले तयार पारेको हुलिया पनि मोखिमकै थियो ।

जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रमुख डीएसपी नरेन्द्र कुँवरले पनि घटनामा एक जनाको मात्रै संलग्नता हुनसक्ने देखिएको बताए । उनले भने, ‘हामी अहिले शव भेटिएको स्थलतिर जाँदैछौं तर, शव भेटिनुअघि नै उनी संदिग्ध रुपमा हाम्रो दायरामा आएका व्यक्ति हुन् ।’

सम्बन्धित समाचार :

– पाँचथरमा ९ जनाको विभत्स हत्या

–  ९ जनाको हत्या भएको स्थान नजिकै एक युवकको झुण्डिएको अवस्थामा शव फेला