काठमाडौं – पाँचथरको मिक्लाजुङ गाउँपालिका–७, आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको केही घण्टामा सोही गाउँपालिकाको वडा नम्बर ७ मा एक युवकको झुण्डिएको अवस्थामा शव फेला परेको छ ।


ADVERTISEMENT


प्रहरीका अनुसार शव मानबहादुर माखिमको भएको पुष्टि भएको छ । प्रहरीले हत्यामा माखिमकै संलग्नता हुनसक्ने आशंका गरेको थियो ।


ADVERTISEMENT

# # #


युवक झुण्डिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । अहिले घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान थालेको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता (डीआईजी) विश्वराज पोखरेलका अनुसार आक्रमणबाट भोगर बाँच्न सफल भएकी १२ वर्षीया बालिका सीता खुजुमले हतियारधारीले मकुन्डो लगाएर आएर हत्या गरेको प्रहरीसमक्ष बयान दिएकी छन् ।

सम्बन्धित समाचार : पाँचथरमा ९ जनाको विभत्स हत्या

सीता पनि आक्रमणबाट घाइते भएकी छिन् । उनको दायाँ हात भाँच्चिएको प्रवक्ता पोखरेलले जानकारी दिए । सीतालाई उपचारका लागि फिदिम ल्याइएको छ ।

यस्तै सीआईबीको एसपीको नेतृत्वमा, प्रदेश प्रहरीको विशेष टोली र क्षेत्रीय अनुसन्धानको कुकुरसहितको टोली अनुसन्धानको लागि घटनास्थल प्रस्थान गरेको छ ।